सचिव कुट्ने मन्त्री
जनकपुर– प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झामाथि कुटपिट गरेको प्रकरणलाई लिएर आन्दोलनरत निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले विरोधका कार्यक्रम स्थगित गरेको छ।
प्रदेश सरकारको आह्वानमा युनियनले छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीलाई कारबाहीको माग गर्दै तत्कालका लागि आन्दोलन स्थगन भएको घोषणा गरेको छ।
विज्ञप्तिमा प्रदेश सरकारको आग्रह र सेवाग्राहीको सरकारी सेवा उपरको पहुँच तथा सहज उपलब्धताको नैसर्गिक अधिकारलाई सम्मान गर्दै छानबिन समितिको प्रतिवेदन तथ्यपरक आउने अपेक्षा सहित आन्दोलन स्थगन भएको जनाउ दिइएको छ।
यद्यपि प्रतिवेदनमा शासकीय पूर्वाग्रहका साथ छानबिन प्रतिवेदन आए कडा आन्दोलन गरिने समेत उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।