दक्षिण कोरिया– कोरियाको विजङ्बुमा एक नेपालीले आत्महत्या गरेका छन्।
आइतबार बिहान सुतेको अवस्थामा पाँचथर मिक्लाजुङ गाउँपालिका–१ सराङडाडाका सनोज सोभित आङ्देम्बे रहेको मृत फेला परेको उनका सहयोगी युगल किशोर शेर्माले जानकारी दिए।
उनी विगत ५ वर्षअघि कामको सिलसिलामा कोरिया आएका थिए। शनिबार साँझ राम्रै सुतेका आङ्देम्बे बिहान मृत फेला पार्दा उनले आत्महत्या गरेको शर्माले बताए।
घटनाको विषयमा दुतावासलाई जानकारी गराइसकिएको उनले बताए।
गतवर्ष मात्रै कोरियामा कार्यरत ६ जना नेपालीले आत्महत्या गरेको दुतावासको तथ्याङ्कमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।