काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन समूहका सचिव हेरफेर गरिएको छ।
स्वास्थ्य मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए।
स्वास्थ्यमा स्वास्थ्यतर्फ डा पुष्पा चौधरी सचिव छन्। उनलाई प्रधानमन्त्री कार्यालय सरुवा गरेर अधिकारीलाई स्वास्थ्यमा ल्याइएको थियो। सर्वोच्चको आदेशपछि डा चौधरी स्वास्थ्यमै पुनर्वहाली भएपछि दुई सचिव भएका थिए।
जिम्मेवारी बाँडफाँडका क्रममा अधिकारीलाई प्रशासनन र डा चौधरीलाई अन्य कार्यक्रम हेर्ने गरी मिलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।