जनकपुर– विद्युत प्राधिकरणका कर्मचारीको लापरबाहीले करेन्ट लागेर २ जनाको मृत्यु भएको भन्दै जनकपुरबासीले प्राधिकरण कार्यालय घेराउ गरेका छन्।
शनिबार करेन्ट लागेर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि स्थानियले आज जनकपुरमा प्रदशर्न गर्दै प्राधिकरण वितरण केन्द्रकाे कार्यालय घेराउ गरेका हुन्।
जनकपुरधाम–१२को कुवारामपुर स्थित नारी विकास केन्द्र नजिक रहेको पोललाई अड्याउन बाँधिएको तारमा टाँसिएर सिरहा विष्णुपुर गाउँपालिका–४ थलहाका २६ वर्षीय जगरनाथ साह र धनुषा मिथिला बिहारी नगरपालिका मतलेश्वर मौवाहीका परमेश्वर मण्डलको घटनास्थलमै मृत्यु थियो भने विष्णुपुर गाउँपालिका थलहाका सुर्यनारायण ठाकुर घाइते भए थिए।
स्थानीयका अनुसार तीनदिन देखि बिजुलीको तार सट भइरहे पनि प्राधिकरणका कर्मचारीले त्यसलाई बेवास्ता गरिरहेका थिए।
पटक-पटक बिजुलीको तार सट भएको सूचना दिँदा पनि प्रधिकरणले त्यसतर्फ चासो नदिएको कारण हिजो घटना भएको उनीहरूको आरोप छ।
लापरबाही गर्ने कर्मचारीलाई कारबाही गर्ने, घटनाको उचित क्षतिपूर्ति, मृतककी श्रीमतीलाई रोजगारी, बच्चालाई नि:शूल्क पढाइ र बिग्रिएको तारको मर्मत लगायतका माग पीडित पक्षले राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।