काठमाडौं– नेपाल वायु सेवा निमगले खरिद गरेको दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियाको विषयमा छानविन गर्न भन्दै सरकारले गठन गरेको उच्चस्तरीय छानविन आयोगका सदस्यले नियुक्ति पाउन सकेका छैनन्।
गत पुस १९ गते बसेको मन्त्रिपरिषद् बैठकले जहाज खरिद प्रकरण छानविन गर्न भन्दै उच्च अदालतका पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित उच्चस्तरीय समिति गठन गरेको थियो। माघ ६ गतेसम्म समितिका सदस्यले नियुक्तिको औपचारिकपत्र नपाएको खुल्न आएको छ।
समितिका सदस्य पूर्वनायव महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठकले नेपाल लाइभसँगको फोन संवादमा सदस्य बनाएको सुने पनि नियुक्ति पत्र भने नपाएको बताए। उनले कार्यालयको व्यवस्थापन पनि नगरिएको बताए। समितिमा चार्टर्ड एकाउन्टेन्ट मदन शर्मा सदस्य छन्।
सरकारले भने सार्वजनिक लेखा समितिको उपसमितिले जहाज खरिदमा ४ अर्ब ३५ करोडभन्दा बढी आर्थिक हिनामिना भएको भन्दै रिर्पोट पेस गरेलगत्तै उच्चस्चरीय छानविन समिति गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।