काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान गरी राष्ट्रिय मानव अधिकार आयोगले प्रतिवेदन बुझाएको छ।
आयोगको टोलीले तयार पारेको प्रतिवेदन आइतबार बुझाइएको बताइएको छ।
पूर्वनायव महान्यायाधिवक्ता नरेन्द्र पाठक संयोजक रहेको टोलीमा पूर्वएआईजी विज्ञानराज शर्मा, फरेन्सिक विशेषज्ञ हरिहर वस्ती, डीएनए विज्ञ दिनेश झालगायत सदस्य थिए।
प्रतिवेदनमा प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गरिएको डिएनएको वास्तविकता, घटनास्थलको अवस्था, प्रहरीको भूमिका लगायतका कुराहरु समेटिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।