काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एक जना बेलायती बाल यौन दुराचारीलाई पक्राउ गरेको छ। नेपाली बालकहरुलाई विभिन्न प्रलोभनमा पारेर यौन दुराचार गरेको आरोपमा सिआइबीले बेलायती नागरिक इयान रोबर्ट कोललाई पक्राउ गरेको हो ।
५० वर्षीय कोललाई शनिबार कालिमाटीस्थित रविभवनबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ।
रविभवनस्थित एक घरमा भाडमा बस्दै आएका कोलको कोठाबाट प्रहरीले तीन जना पीडित बालकको समेत उद्दार गरेको थियो। उनलाई यौनदुराचार गर्न सहयोग गर्ने २ जना नेपालीलाई समेत पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।