काठमाडौं– मालपोत कार्यालय ललितपुरका नायव सुब्बा र बिचौलियालाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।
मालपोतका नासु कुमारबहादुर राजभण्डारी र बिचौलिया बाबुराजा शाक्यलाई अख्तियारको टोलीले घुसहित पक्राउ गरेको हो।
बिचौलिया शाक्यले जग्गा हालसाविक गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको अख्तियारको टोलीले सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।