काठमाडौं– संवैधानिक परिषदको बैठक अपरान्ह चार बजे बस्ने भएको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा परिषदको बैठक बस्न लागेको हो। दुई दिनअघि बसेको बैठकले रिक्त संवैधानिक निकायमा नियुक्तिहरू टुंग्याउन नसकेपछि बैठक आइतबार पुन: बस्न लागेको हो।
राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोग, दलित आयोग, राष्ट्रिय समावेशी आयोग,आदिवासी जनजाति आयोग,मधेसी आयोग,थारु आयोग र मुस्लिम आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिका लागि बैठक डाकिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।