काठमाडौं– उद्योगपति विनोद चौधरीको स्वामित्वमा रहेको सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालनमा रोक लगाउँदा कम्पनीलाई क्षति नहुने सर्वोच्च अदालतको ठहर छ।
सर्वोच्चको न्यायाधीश दीपकराज जोशीले गत पुस १० गतेको सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन अनुमति दिँदा कम्पनीलाई क्षति पुगेको भन्दै सेवा सञ्चालनको लागि अनुमति दिने नेपाल दुरसञ्चार प्राधिकणलाई अन्तरिम आदेश दिएका थिए।
न्यायाधीश जोशीको एकल इजलाशले उक्त आदेश दिएको थियो। त्यही अन्तरिम आदेश खारेजीका लागि प्राधिकरण सर्वोच्च गएको थियो।
सिजीले गलत तथ्य पेस गर्दै सर्वोच्चको एकल इजलाशबाट अन्तरिम आदेश जारी गराएको दाबी प्राधिकरणले गर्दै अदालत गएको थियो।
प्राधिकरणको भ्याकेटमा सर्वोच्च अदालतले माघ ३ गते उद्योगपति विनोद चौधरीको स्वामित्वमा रहेको सिजी टेलिकमको पक्षमा गत पुस १० गते जारी भएको अन्तरिम आदेश खारेजी गर्ने निर्णय सुनाएको छ।
सोही खारेजी आदेशको पूर्णपाठ ल्याउँदै सर्वोच्चले सिजी कम्पनीले मोबाइल सेवा सञ्चालनको अनुमति नदिदाँ कुनै क्षति नहुने फैसाल गरेको हो।
हेर्नुहोस पूर्णपाठ :





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।