काठमाडौं – १६औ चरणको अनशन थालेको १२ दिनसम्म पनि डा गोविन्द केसीका मागबारे सरकार संवेदशील नबनेको भन्दै आवशीय चिकित्सक संघत्रिवि शिक्षण अस्पतालले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
आइतबारदेखि कार्यक्षेत्रमा कालो पट्टि बाँधी काम गर्ने घोषणा गरेका आवाशीय चिकित्सकले समस्या समाधान गर्न सरकार अझै गम्भिर नबने कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पहिले भएका सहमतिअनुरुप चिकित्सा शिक्षा विधेयक पारित गर्न र सत्याग्रहीको माग प्रति गम्भिर भई उहाँको जीवन रक्षा गर्न सरकारसँग अपिल गर्दर्छौ।’
संघले डा केसीको अनसनप्रति ऐक्यवद्धता जाहेर गर्दै पटक पटक लिखितम प्रतिवद्धताका बावजुत आजसम्म कुनै ठोस कार्य नभएको र सिमित मानिसको स्वार्थ पूरा हुने हेतुले विज्ञ व्यक्तिका सुझाव विपरित नयाँ विधेयक आएको ठहर संघले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।