काठमाडौं– जिल्ला प्रहरी कार्यालय दाङले २ थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। शनिबार साँझ दाङको शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका २९ वर्षीय हरिबहादुर रासकोटीलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।
रासकोटीले आफ्नै घरमा लुकाएर राखेको भरुवा बन्दुक २ थान र बदेलको जस्तो देखिने खुट्टाको सपेटा २ थान बरामद गरेको छ।
हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।