काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ।
ज्वरो, रुघाखोकी र चिसोले सताएपछि दाहाललाई आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो।
दाहाल लामो समयदेखि सुगर, प्रेसर, पाठेघरको समस्याबाट पीडित छिन्। उनलाई मस्तिष्कसम्बन्धी रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) समेत भएको छ। सोको निदान तथा उपचारका लागि उनलाई भारत, सिंगापुरलगायतका अस्पतालामा समेत लगिएको थियो।
एक वर्षअघि छोरा प्रकाश दाहालको मृत्यु भएपछि उनमा टोलाउने, एकोहोरो हुने जस्ता समस्या देखिएको थियो।
उपचारका लागि भन्दै गत कात्तिकमा उनलाई लिएर प्रचण्ड म्याग्दीको तातोपानी कुण्डमा नुहाउन गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।