जनकपुर– मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोको स्मृतिमा जनकपुरमा ‘बलिदानी दिवस’ मनाइएको छ। उक्त अवसरमा आयोजित कवि गोष्ठिमा सहभागीहरुले भानु चोकलाई ‘रमेश चोक’ नामाकरण गर्न जोड दिए।
युवाकवि समाज जनकपुरधाम एवम् जिल्ला युवा सञ्जाल धनुषाको सहकार्यमा आयोजित कवि गोष्ठिमा सहभागी कवि तथा साहित्यकाहरुले सहिद महतोको सहादतलाई सार्थक तुल्याउन भानु चोकको नाम परिवर्तन गरेर ‘रमेश चोक’ राख्न माग गरे।
मधेस आन्दोलनको सुरुवाती चरणमा भानु चोकको नाम ‘रमेश चोक’ भनी घोषणा गरिएपनि कार्यन्वयनमा फितलो देखिएकाले उनीहरुले जनकपुरधाम उपमहानगरपालिका र प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका हुन्।
कार्यक्रममा प्रदेश सांसद सरिता साहले मधेसको अधिकार अभैm पुरा प्राप्त गर्न नसकिएको स्वीकार्दै युवाहरुलाई यसप्रति सजग र अगाडि आउन आग्रह गरिन्।
राजपा युवा नेता प्रशान्त झाले सहिद महतोको बलिदानीलाई युवाहरुले उर्जाको रुपमा लिएर यस प्रदेशको शासन, प्रशासन तथा विकासमा सहभागिता बढ्दै गएको बताए।
‘सत्ता परिवर्तन भयो, व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन’, युवाकवि फुलगेन महतोले भने, ‘अब युवाहरु अग्रगामी हुनुपर्छ र अवस्था परिवर्तन गर्नुपर्छ। जनतालाई विकास र अधिकारको अनुभूति दिलाउनु पर्छ।’
कार्यक्रममा कवि सत्रुधन मुखिया, उदय यादव, अरविन्द यादव, राजकुमार साह, रामशरण मण्डललगायतका कवि तथा साहित्यकारहरुले आ—आप्mना कविता, मुक्तक तथा गजल प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।