धनगढी– कैलालीको गोदावरी नगरपालिकामा ‘ग्याङ फाइट’मा परि एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
शनिबार भएकाे ‘ग्याङ फाइट’मा परि गोदावरी नगरपालिका–१, वनखेतीका २० वर्षिय अरुण भट्टको मृत्यु भएको हो। कैलाली प्रहरीले भने भट्ट गम्भीर घाइते भएको जनाएपनि अस्पतालमा कार्यरत सुरक्षाकर्मीले अस्पतालमा ल्याउने क्रममै बाटोमा भट्टको मृत्यु भएको जनाएको छ।
कैलाली प्रहरी कार्यालयका अनुसार सोही स्थानका १६ वर्षीय हरि राईको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने अन्दाजी २२ वर्षीय सविन कँडेलको गोदावरीस्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। यस्तै अर्का व्यक्तिको भने नाम पहिचान हुन नसकेको मालाखेती इलाका प्रहरी कार्यालयका असही पदम विष्टले जानकारी दिए।
घटनामा संलग्न राज कठायतसहित अन्य व्यक्ति भने फरार रहेको जनाइएको छ। कैलाली प्रहरीले उनीहरुको खोजी कार्य भइरहेको जनाएको छ।
कैलाली प्रहरी प्रमुख आभुषण तिमिल्सिनाले घटनाको थप अनुसन्धान भइरहेको बताए। तिमिल्सिनाले साथी–साथीमा सामान्य विवाद हुँदा घटना भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।