जनकपुर– सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ। बसको ठक्करबाट स्थानीय रामबाबु मुखियाकी ८ वर्षीया छोरी सोनाली मुखियाको मृत्यु भएको हो।
प्रहरीका अनुसार इश्वरपुरबाट त्रिभुवन नगरतर्फ आउँदै गरेको ना३ख १९१२ नम्बरको बसले बाटो पार गर्ने क्रममा ठक्कर दिएको हो।
बालिकाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीको भनाइ छ। प्रहरीले बस नियन्त्रण लिएको छ भने चालक फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।