काठमाडौं– महेन्द्र राय यादव राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलका संयोजक हुने भएका छन्।
राजपा अध्यक्षमण्डलको शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले नेता यादवलाई आइतबारदेखि अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो।
हाल अध्यक्षमण्डलको सदस्य रहेका नेता यादवलाई चक्रिय प्रणलीअनुसार राजपामा अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी दिन लागिएको राजपाले जनाएको छ।
राजेन्द्र महतो हाल अध्यक्ष मण्डलका संयोजक छन्।
बैठकपछि एक विज्ञप्ति जारी गर्दै राजपाले आन्दोलनका क्रममा सहिद भएकाका परिवारलाई सहयोग गर्न ‘सहिद कल्याण कोष’को स्थापना गर्ने निर्णय गरेको छ।
त्यस्तै राजपाले प्रत्येक जिल्लामा माघ १६ गते सदस्यता अभियानको समिक्षा बैठकसमेत गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।