म्यानचेस्टर– गोलकिपर क्लाउडियो ब्राभोले उत्कृष्ट प्रदर्शन गरेपछि म्यानचेस्टर सिटीले वुल्भ्सलाई पराजित गरेको छ। सिटीले इएफएल कपको चौथो चरणमा वुल्भ्सलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।
खेल निर्धारित र थप गरिएको ३० मिनेटमा गोलरहित बराबरीमा सकिएको थियो। पेनाल्टी सुटआउटमा सिटीका गोल किपर ब्राभोले वुल्भ्सका एल्फ्रेड एनडियाए र कोनोर कोएडीको पेनाल्टी प्रहारलाई विफल पारेका थिए।
त्यसअघि ब्राभोले वुल्भ्सका ३ वटा प्रहारलाई विफल पारेका थिए। ब्राभोले ब्राइट इनोबाखारेको दुई प्रहारलाई विफल पारेका थिए भने वान भर्सेस वानमा हेल्डर कोस्टालाई पनि सफल हुन थिएनन्।
अर्को खेलमा म्यानचेस्टर युनाइटेडले स्वान्सी सिटीलाई २–० ले हरायो। दुवै गोल लिङगार्डले गरेका थिए। आर्सनले पनि नर्विच सिटीमाथि २–१ को जित निकाल्यो। आर्सनलका लागि १८ वर्षीय युवा खेलाडी एनकेटियाले दुवै गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।