काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय एकतासहितको सामाजिक, सांस्कृतिक रुपान्तरणको बाटोमा सरकार अघि बढेको बताएका छन्।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काशीनाथ मिश्रितद्वारा लिखित व्यंग्यात्मक निबन्ध संग्रह ‘बोकाको मन’ विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले राजनितिक परिर्वतनले सोहीअनुसार सांस्कृतिक रुपान्तरण पनि खोज्ने भएकाले सो क्रममा राष्ट्रिय एकतामा आउनसक्ने आँचतर्फ सरकार सचेत रहेको बताए।
उनले सांस्कृतिक रुपान्तरणका लागि समय लाग्ने भएकाले आदेश दिएर बदल्न नसकिने भन्दै राष्ट्रिय एकतासहितको परिवर्तनको पथमा अघि बढ्न सुझाव दिए। पहिचानको आन्दोलन गरिरहेकाहरुले गौरवपूर्ण इतिहासलाई पनि आत्मसाथ गर्नुपर्ने तर्क मन्त्री ज्ञवालीको थियो।
मन्त्री ज्ञवालीले बजारमा बिकाउ हुने विषयमा मात्रै पुस्तक प्रकाशकहरु हिड्ने गरेको भन्दै राजनीतिक परिर्वतनपछिको सांस्कृतिक रुपान्तरण र जनजीविकाका विषयलाई पनि प्राथमिकतामा राख्न सुझाए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।