बार्सिलोना– स्पेनको कोपा डेल रे फुटबल प्रतियोगितामा साविक विजेता बार्सिलोना विजयी भएको छ। अन्तिम ३२ को पहिलो लेगमा बार्सिलोनाले रियल मुर्सियालाई ३–० ले पराजित गरेको हो।
पहिलो हाफको अन्तिम मिनेटमा पाको एल्कासरले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए। ५२ मिनेटमा जेरार्ड डेउलोफेउले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए। ५६ मिनेटमा जोसे अरनाइले सानदार गोल गरेपछि बार्सिलोना ३–० ले अघि बढेको थियो। २२ वर्षीय जोसेले डेब्यु खेलमै गोल गर्न सफल भएका हुन्। यसअघि जोसे बार्सिलोनाको बी टिमबाट खेल्दै आएका थिए।
बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले खेलमा लिओनल मेसी र लुइस सुआरेजलाई आराम दिएका थिए।
प्रतियोगिताको अन्य खेलमा सेभिल्लाले कार्टजेनालाई ३–० पराजित गरेको छ। मालागा भने नुमानसियासँग २–१ ले पराजित भएको छ। भ्यालेन्सियाले रियल जारागोजालाई २–०, रियल बेटिसले कार्डिजलाई २–१ र डिपोर्टिभो एलाभेसले गोटाफेलाई १–० ले हराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।