• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

राममान डाक्टर भयो होला...

64x64
नेपाल लाइभ शनिबार, माघ ५, २०७५  २३:५९
1140x725

जब चर्को घाम अस्ताउने बेला हुन्थ्यो, तब ऊ सडकको एकछेउमा उदाउने गर्थ्यो। सधैँ कालिकानगरको एक कुनामा आफ्नो ठेला लगाएर बसेको हुन्थ्यो।

उसले बेच्ने परिकारमा चाहिँ फुल्की,समोसा र तरकारी हुन्थे।कहिलेकाहीँ पकौडा पनि हुन्थ्यो। मैले थाहा पाएसम्मऊ प्रायःयहीँ आफ्नो ठेला लागएर बसेको देख्थेँ। 

ठेलामा ठूला अक्षरमा लेखेको थियो, ‘फुल्की एण्ड चाट सेन्टर।’ पहेँलो पृष्ठभूमिमा निला अक्षरले लेखिएका ती अक्षरले धेरैलाई आकर्षित गर्थे सायद।त्यहाँ सधैँ खाजा खानेहरूको घुइँचो हुन्थ्यो। 

ऊ कालो वर्णको थियो। प्रायः निलो धोती लगाउँथ्यो। दाह्री चाहिँ महिना दिनमा काट्थ्यो कि! पातलो ज्यानमा बाक्लो जुँगा र घुम्रिएको कपाल हेर्दा घरबेटीको स्टारगोल्ड च्यानलमा आउने कुनै साउथ फिल्मको भिलेनजस्तै लाग्थ्यो।

उमेर मेरै बुबाको जति हुनुपर्छ भनेर अनुमान लगाउँथे।तर,उसैलाई कहिल्यै सोधिनँ।

ग्राहकहरुको भिड लागेको दिन उसको कालो अनुहारपनि उज्यालिन्थ्यो।कहिलेकाहीँ ग्राहक कम भएकोबेला भने उसको अनुहारमा झन् कालो थपिन्थ्यो।ऊ चुपचाप घोरिएर बसेको हुन्थ्यो। 

‘परदेशी परदेशी जाना नहीँ’ ऊ प्रायः यही गीत गुन्गुनाउँथ्यो। उसको गीत सुनेर ग्राहक मुसुमुसु हाँस्थे। 

०० 

Ncell 2
Ncell 2
nimb
nimb

बुटवल कालिका नगरको कालिका उच्च माविमा ८ कक्षामा भर्ना भएको थिएँ। मेरो भाइ मिलन ५ कक्षामा भर्ना भएको थियो।हामी पहिला मिलन चोकमा बस्थ्यौँ। पछि स्कुल नजिक हुन्छ भनेर कालिका नगरमा डेरा सर्‍यौँ।

कालिकानगर बसाइँ सरेको चौथो दिन। साँझपख म एक्लै हावा खान बाटोतिर निस्किएको थिएँ।हामी बस्ने कोठाको गल्ली हुँदै म बाहिरिएँ। टहल्दै म केही पर पुगेँ। चारैतिर हेर्न थालेँ। बाटोभन्दा पर रहेको ठेलामा मेरा आँखा पुगे।

फुल्की बेच्ने मान्छेको अनुहारमा अनायासै मेरा आँखा झोसिए। 

कालो वर्णकोउसको अनुहारले भन्दा बेच्न राखेको खानेकुराले मेरो ध्यान तान्यो। ठेलामा बेचिएका खानेकुरा खाने रहर भएर आयो। उसले बडो छिटो छिटो आफ्नो ग्राहकको माग पूरा गर्दै थियो। म बाटो क्रस गरेर केही खाने उद्देश्यले उतै गएँ।

Xtrem

Xtrem

‘भैया,फुल्की खाम न’ पुग्नासाथ मैले आफ्नो खाने इच्छा व्यक्त गरेँ। सबैले ‘भैया’ ‘भैया’ भनेको सुनेर मैलेपनि त्यही शब्दले सम्बोधन गरेको थिएँ।उसले मलाई बडो अजिब तरिकाले हेर्‍यो।

अनि अरुको मागलाई ध्यान दिन थाल्यो। मलाई उसले वास्तै गरेन। म उभेको उभिएैँ भएँ। सायद एउटा फुच्चेले गरेको यस्तो सम्बोधन उसलाई मन परेन होला।

‘फुल्की खाम न।’ दोस्रोपटक मैले ‘भैया’ शब्द हटाइदिएँ।उसले मलाई पुलुक्क हेर्याे। केही नबोली उसले छिटोछिटो नुन, मसला, खुर्सानी हालेर फुल्की बनायो। मलाई दियो।

उसले दिएको फुल्की लिएर म खान थालेँ। खाउन्जेल उसले ग्राहकलाई गरेको नम्र व्यवहार नियालिरहेँ। ऊ ग्राहकहरूको इच्छा बमोजिम परिकार बनाएर दिन्थ्यो। फुल्की निक्कै मिठो थियो।

खाइसकेपछि मूल्य सोधेँ।बीस रुपैयाँ रहेछ।मैले उसको हातमा जतनसाथ बीस रुपैयाँ थमाइदिएँ। यो पटक ऊ नरिसाओस् भन्नेमा म सतर्क थिएँ। 

अर्को पटक म र मेरो भाइ मिलन त्यही पुग्यौँ। त्यो साँझ खासै भिड थिएन।ऊनिराश देखिन्थ्यो।पहिलेकोजस्तो चमक उसको मुहारमा भेटिनँ। उसले पहिले हामीलाई पुलुक्क हेर्याे। आफूले लगाएको धोतीलाई अलि माथि सार्दै सोध्यो, ‘के खानुहुन्छ हजुर?’

‘दुई ठाउँमा चाट दिनुस न अंकल।’ मैले जवाफ फर्काएँ।आजभने उसलाई अंकल भनेको मन परेछ क्यार!मायालु तरिकाले नजर डुलायो।दुइटा प्लेट झिकेर समोसालाई मिच्यो। अनि तरकारी राखेर त्यसमाथि नुन,खुर्सानी राख्न भ्यायो।चाटले भरिएको प्लेट हाम्रो हातमा थमाइदियो। 

हामी खान थाल्यौँ। उसले हामीलाई नै हेरिरहेको रहेछ। अनि मतिर हेरेर सोध्यो, ‘कहाँ बस्नुहुन्छ?’ ‘यतै। उः त्यो गल्लीभित्र जानुपर्छ,’ मैले ओठ चुच्चोपार्दै हाम्रो कोठामा जाने गल्लीतिर  इसारा गरेँ। उसले निकैबेर उता हेरिरह्यो। ‘को सँग बस्नुहुन्छ?’ केहीबेरको मौनता पश्चात उसले सोध्यो।

‘जेठानहरुसँग बस्छु,’ मैले जवाफ फर्काएँ।हामी त्यसबेला मामाको छोराहरूसँग बस्थ्यौँ। मेरो जवाफ सुनेर ऊ मुसुमुसु हाँसिरह्यो। 

‘भनेसी बिहे पनि गर्नुभयो तपाईंले?’ ऊ मलाई हेर्दै अझै हाँसेझै गरिरह्यो।मैले केही कुरा बुझिनँ।भाइ र म एक–अर्कालाई घरिघरि हेर्न पुग्थ्यौँ अनि घरि उसलाई पनि हेर्थ्यौँ। 

‘जिस्काएको मात्र हुँ। हाम्रोतिर पनि पहाडबाट आएका मगर छन्।बिहे नगरेपनि मामाको छोरालाई जेठान भन्छन् तिनीहरू।’ उसले अर्को ग्राहकलाई फुल्की दिँदै भन्यो।

मगर समाजमा हुर्केको हुनाले अरु समुदायको चालचलन बारे मलाई थाहा थिएन। हाम्रो समाजमा भने मामाको छोरालाई जेठान भन्ने चलन अझै कायमै छ।

विस्तारै ग्राहक जम्मा हुँदै गए। हामी चाटको चालीस रुपैयाँ तिरेर हिँड्याँै।जाँदाजाँदैसुन्दर ठूला अक्षरले लेखिएको ‘फुल्की एन्ड चाट सेन्टर’ को छेउमा एउटा नाम देख्यौँ ‘प्रो.आरमान’।

हामीले अनुमान गर्योँ, ‘यो नाम उसैको होला।’ 

त्यसपछि हामी उसलाई आरमान अंकल भनेर चिन्न थाल्यौँ। तर उसको अगाडि यो नामले कहिल्यै बोलाएनौँ। 

हामी स्कुल छुट्टी भएर कोठामा आएपछि गृहकार्य गर्दथ्र्याैँ। गृहकार्य सकेपछिसिधै उसको ठेला अघिल्तिर पुग्थ्यौँ। हाम्रो रेष्टुरेन्टमा खाजा खाने बानी थिएन।

कोठामै केही बनाएर खान्थ्यौँ।नभए उसको फुल्की,चाट र कहिलेकाहीँ पकौडा खाएर चित्त बुझाउँथ्यौँ। 

उसकोमा पाइने परिकार ताजा र स्वादिष्ट हुन्थ्यो।अरुकोभन्दा सफा पनि हुन्थ्यो।फेरि उसले आफ्नो ग्राहकहरुसँग गर्ने व्यवहार पनि कम भावनात्माक हुन्थेन।हामीलाई त झन् ऊ सन्चो विसन्चोसमेत सोध्न भ्याउँथ्यो। 

‘बाबु कतिमा पढ्नुहुन्छ?’ एकदिन उसले सोध्यो।त्यसदिन म एक्लै गएको थिएँ। ‘८ कक्षामा अंकल,’ मैले छोटो जवाफ फर्काएँ।म खानमै व्यस्त थिएँ ।ऊ केहीबेर घोत्लिरह्यो।

‘अनि हजुरको भाइ?’ 

‘पाँचमा’

‘कहाँ पढ्नुहुन्छ?’ 

‘यहीँ कालिकामा।’ म वार्तालाप टुङ्ग्याउन चाहन्थेँ।छोटो उत्तर दिएँ।

‘स्कुल राम्रो छ?’ ऊ मसिनो आवाजमा बोल्यो।मैले अझै अर्को प्लेट थपेँ।

‘मेरो पनि एउटा लड्का छ हजुरजस्तै।गाउँमा आठमै पढ्छ,’ ऊ आफैं बहकिन थाल्यो।

उसको छोराको नाम आरमान थियो। तर, हामी भने उसलाई आरमान अंकल भन्थ्याैँ। अघि नै भनिसकेको छु, उसको सामुभने होइन। उसको नाम पनि कहिल्यै सोधेनौँ।

ऊ हाम्रो सामु आफ्नो आरमानको कुरा गरिरहन्थ्यो।आरमान प्रायः बिरामी भइरहन्थ्यो।उसलाई बेलाबेलामाअस्पताल लगिरहनु पर्थ्यो। उसको उपचारकै लागि पनि ऊ निक्कै मेहनत गरिरहेको थियो।

उसले आरमानलाई कहिल्यै हरेस खान दिएन। आफूले दु:ख गरेरै भए पनि आरमानलाई धेरै पढाउँछु भन्थ्यो।

उसले हामीलाई ग्राहकको रुपमा कहिल्यै हेरेन।सधैँ आफ्नै नजिकको मान्छेलाई जस्तो व्यवहार गरिरह्यो।मैले त्यसबेला प्रेम बुझेको थिइनँ।तर, ऊ हामीलाई आफ्नो प्रेमकहानी सुनाउँथ्यो।गाउँकै स्कुलमा पढ्दा एकजनासँग उसको गहिरो प्रेम बसेछ।

दुवैले एक–अर्कालाई धेरै माया गर्थे।तर,बीचमा जात बाधक बनिदियो।सानै उमेरमा अन्तरजातीय बिहे गरे। परिवारले साथ दिएनन्।परिवारले घर,अंश समेत दिन नमानेपछि पति पत्नी भएर एउटा सानो छाप्रो बनाए।

जुन कुनै महलभन्दा कम अमूल्य थिएन उनीहरूका लागि।पछि उसले जीवनसंगीनी र उनको गर्वमा भएको नाबालक सन्तान छाडेर कतार उड्न बाध्य भयो।

आरमान जन्मेको केही समयपछि ऊ नेपाल फर्कियो। त्यसपछि ऊ फर्केर गएन।‘छोरा र श्रीमतीको मुख हेरेरै जीवन निर्वाह गर्छ’ु भन्ने सोचेर उसले व्यवसाय सुरु गर्याे।

ऊ आफ्नो ग्राहक नभएको मौकामा आफ्नो थुप्रै किस्सा सुनाउँथ्यो। गालामा आँसु पोखिन्थे। आँसु पुछ्दै भन्थ्यो, ‘मेरो लड्कालाई धेरै पढाउने हो।उसको डाक्टर पढ्ने इच्छा छ।तपाईंहरू पनि राम्रोसँग पढ्नुहोला।’

आफ्नो दुःखको बेला आफ्नो मान्छेहरूले साथ नदिदाको पीडा कस्तो हुन्छ!उसको मुहारमा प्रष्ट पढ्न पाइन्थ्यो।

उसले हाम्रो पढाइमा पनि खुब चाँसो दिन्थ्यो।हाम्रो परीक्षाफल प्रकाशित हुँदा सोध्ने गर्थ्यो। अनि आरमानको पढाइमा भएको प्रगतिबारे बेलाबेला सुनाइरहन्थ्यो।

ऊ हामीलाई आफ्नै छोराजस्तै व्यवहार गथ्र्याे। सधैँ पढ्न हौसल्ला दिइरहन्थ्यो।एकहिसाबले बुटवलको अपरिचितहरूको भिडमा ऊ अभिभावक झैँ लाग्थ्यो।

००

बुटवल बसाइले आफ्नो पहिलो वार्षिकोत्सव मनाउने तरखरमा थियो। यता मेरो र उता आरमानको जिल्लास्तरीय (कक्षा आठको) परीक्षा चल्दै थियो। परीक्षा भएपनि म पसलमा गइरहन्थेँ। परीक्षाकै बारेमा हाम्रो कुराकानी हुन्थ्यो।आरमानले आठ पास गर्‍यो भने उसलाई बुटवलमै पढाउने कुरा गर्थ्यो।

मेरो परीक्षा चल्दै थियो। दुई दिनदेखि उसलाई त्यो ठाउँमा देखिनँ। लगातार उसलाई भेट्न नपाएपछि मन खल्लो भएर आयो।उसले ठेला लिएर आएन।उसको सम्झनाले मलाई भोक लाग्न छाड्यो।

करिब पाँच दिनपछि परीक्षा सकिएको दिन बल्ल उसलाई देखेँ।ऊ निराश देखिन्थ्यो।

‘अंकल,कहाँ जानुभाथ्यो यत्रो दिन?’ मैले जानेबित्तिकै सोधेँ।
‘बाबु,फेरि मेरो लड्का बिरामी भएछ। हस्पिटल राखेछ उसलाई। पूरा परीक्षा पनि दिन पाएन,’ उसको आँखाबाट आँसु खसे। मैले केही भन्न सकिनँ।उसको रुन्चे अनुहार देखेर मेरो मन पनि बेस्सरी चिमोटियो। 

भोक लागेर गएको थिएँ। उसको कुरा सुनेर भोक बिर्सिएछु। केहीबेरपछि उसले के खाने भनेर सोध्दा पो सम्झेँ। मैले चाट खाने मनसाय व्यक्त गरेँ।

खाउन्जेल उसको मलिन अनुहार हेर्दा पनि माया लागेर आयो। मेरो मन त्यहाँ स्थिर भइरहन सकेन। त्यसपछि मैले चाँडो चाँडो चाट सिध्याएँ। खल्तीबाट पाँच सयको नोट झिकेँ। म सँग खुद्रा पैसा थिएन। त्यही पैसा उसलाई दिएँ। उसले पहिले पैसा समायो अनि हेर्न थाल्यो। उसले आफूसँग यसको बाँकी फिर्ता दिने पैसा नभएको बतायो। मैले त्यो पैसा राख्न भनेँ। बरु पछि दिनु भनेँ। उसले मानेन।

धेरै दिनदेखि व्यापार बन्द थियो। छोरोको उपचारको लागि अस्पतालमा खर्च गरिरहेको थियो। उसले आफ्नो मेहनतको पैसा लिन कहिल्यै छोडेन।अनि फोकटको पैसा आफूले कहिल्यै राखेन। मेरो पाँच सयको नोट मलाई दिँदै भन्यो, ‘भोलि दिनुहोला।’

रातभरि निद्रा लागेन।भोलि कहिले होला अनि उसको बीस रुपैयाँ बुझाउँछु भन्ने कुराले मन छटपटिरह्यो। भोलिपल्ट प्राक्टिकल एक्जाम सकाएर म उसकोमा गएँ।

आज भने गोजीमा टन्नै खुद्रा बोकेर गएको थिएँ।तर, उसलाई त्यहाँ देखिनँ।उसलाई कुरिरहेँ।कुर्दाकुर्दै रात पर्‍यो  तर ऊ आएन।म उसको बीस रुपैयाँ र एकभारी गह्रौं मन लिएर फर्किएँ।

परीक्षाको सबै चरण सकियो।नतिजा नआउँदासम्मको लागि भनेर भोलिपल्टै गाउँ फर्कियौँ।तर, त्यसपछि हामी बुटवल फेरि गएनौँ।गाउँकै विद्यालयमा म र भाइ कक्षा ९ र ६ मा भर्ना भयौँ।त्यसपछि उसलाई कहिल्यै भेटिनँ र भेट भएको पनि छैन।

००

आजकल जब बुटवल पाइला टेक्छु तब यही कुराले सताउँछ।त्यो बीस रुपैयाँले मेरो मनमा यसरी डेरा जमाएर बसेको छ कि मैले उसको बीसौं खर्बभन्दा बढीको विश्वासघात गरेको छु जस्तो लाग्छ।

जब कालिकानगर पुग्छु तब म उसैलाई खोज्छु। उसको त्यही ठेला कतै होला भनि हेर्छु तर उसलाई कतै देख्दिनँ। आफ्नै मन उसको फुल्कीको रसजस्तै अमिलो भएर आउँछ।

अहिले रोड विस्तार भएपछि उसको त्यो ठेला राख्ने ठाउँमा पनि गाडी गुडेको छ। गाडीसँगसँगै  ऊ जस्तै धेरैको सपनाहरू पनि गुडेको छ।तर, उसको सपना पूरा भयो वा भएन थाहा छैन।

तर, मेरो मनमा गडेर बसेको आशाको धरहरा भने अझै ढलेको छैन।मलाई पूर्ण विश्वास छ।एकदिन म उसलाई भेट्नेछु।मेरो आरमान अंकललाई भेट्नेछु।उसको त्यो उधारो बीस रुपैयाँ तिर्नेछु। त्यो उधारो विश्वास फेरि चुक्ता गर्नेछु।तर, उसले मेरो बीस रुपैयाँको बारेमा कुरा गर्नेछैन।

मलाई छोराजस्तै मानेर माफ गरिदिनेछ।मेरो काँधमा धाप मार्नेछ अनि भन्नेछ, ‘बाबु, मेरो लड्काले डाक्टरी पास गर्‍यो। अहिले ठूलो अस्पतालमा डाक्टर भएको छ। उसैले भनेर त्यो फुल्की बेच्ने काम पनि गर्न छोडेको छु।आजकल मेरा सबै आफन्तहरू हाम्रो एकदमै ख्याल गर्छन्।’

प्रकाशित मिति: शनिबार, माघ ५, २०७५  २३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्