काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन्।
चिसोका कारण छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत पुस २३ गतेदेखि अधिकारी उपचाररत छन्। आज अस्पताल पुगी प्रचण्डले अधिकारीलाई भेटी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्।
प्रचण्डले उपचारमा संलग्न चिकित्सकसँग पनि आवश्यक परामर्श गरेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।
८३ वर्षीय अधिकारीलाई एक वर्षदेखि स्वास्थ्यमा समस्या देखिएको हो। उनलाई डा राजेन्द्र रिजालको समूहले उपचार गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।