लन्डन (एजेन्सी)– विश्वको उत्कृष्ट फुटबल अवार्ड पाएपछि रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेसीसँगको आफ्नो प्रतिद्वन्दीता समाप्त नभएको बताएका छन्।
फिफा वर्ष खेलाडीको उपाधिमा मेसीको बराबरी गरेका रोनाल्डोले बेलायती मिडियालाई प्रतिक्रिया दिने क्रममा भने, ‘हाम्रो प्रतिद्वन्दीता समाप्त भएको छैन्। सुरुवात हुँदैछ।’
३० वर्षीय मेसीले वर्ष खेलाडीको उपाधि ५ पल्ट जितेका थिए। यसलाई मंगलबार बिहान ३२ वर्षीय रोनाल्डोले बराबरी गरेका थिए।
लन्डनमा भएको पुरस्कार समारोहमा विश्व फुटबलका यी दुबै हस्तिसँगै बसेका थिए। उनले मेसीको खेल्ने तरिका र आफ्नो भिन्न भएको औलाउँदै भने, ‘मेरो तुलना मेसीसँग हुन सक्दैन्। हामी दुबै एउटै समयमा खेलिरहेका छौं। उनले ५ पल्ट जितिसकेका छन्। मैले पनि जिते।’
उनले भविष्यमा के हुन्छ, योभन्दा पनि अहिलेको समयलाई आफूले मजा उठाएको बताए। ‘यो समय मेरो जीवनकै उत्कृष्ट क्षण हो। भोली के हुन्छ, कसलाई थाहा छ?’ उनले भने।
रोनाल्डोले आफू विश्वको उत्कृष्ट क्लबमा आवद्ध भएर आफ्नो खेल कौशल देखाउन सफल भएकोमा खुसी व्यक्त गरे। उनले अहिले पनि शारीरिक रुपमा बलियो भएको र उत्कृष्ट प्रदर्शन गर्न सक्षम रहेको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।