काठमाडौं (एजेन्सी)– शास्त्रीय, सुगम तथा लोक संगीतकी चर्चित भारतीय गायिका गिरिजा देवीको निधन भएको छ। उनको ८६ वर्षको उमेरमा मंगलबार राती करिब पौने ९ बजे कोलकोतामा निधन भएको हो।
उनको जन्म ८ मई १९२९ मा बनारसमा जन्मिएकी थिइन्।
उनी ध्रुपद, खयाल, ठुमरी, गजल, भजन जस्ता विद्यामा पोख्त थिइन्। उनी विसुद्ध शास्त्रीय संगीतमा निपूर्ण र सुगम संगीतको ज्ञाता थिइन्। लोक संगीतलाई विशेष पहिचान दिलाउन उनको ठूलो योगदान थियो।
उनका चेलाहरुले पनि भारतीय संगीतमा धेरै नाम कमाए। उनलाई ‘ठुमरी क्वीन’ को पदवी नै दिइएको थियो। गिरिजा देवीका बुवा रामदेव राय जमिन्दार थिए। तर, उनी हारमोनियम बजाउने गर्थे।
गिरिजा देवीले वास्तवमा संगीतको ज्ञान आफ्नै बुवाबाट पाएकी थिइन्। भारत स्वतन्त्र हुनुअघि एउटा महिलालाई संगीत सिक्नु अहिले जस्तो सहज थिएन्। तर, बुवाको संरक्षणका कारण उनले अगाडि बढ्ने प्रेरणा पाइन्।
गायक तथा सारगीवादक सरजुप्रसाद मिश्राबाट उनले ५ वर्षको उमेरमै संगीतको विभिन्न शैली सिकेकी थिइन्। संगीत क्षेत्रको विशेष योगदानका कारण उनी सन् १९७२ मा पद्मश्री, १९८९ मा पद्मभूषण र २०१६ मा पद्म विभूषणबाट सम्मानित भइन्।
उनको चेलाहरु राजन मिश्र, साजन मिश्र, मालिनी अवस्थी, शुभा मुद्गल, सुनन्दा शर्माले पनि भारतीय संगीतमा आफ्नो छुट्टै स्थान बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।