म्यानमार- म्यानमारको सेनाले १३ जना राखिन लडाकुहरु मारिएको जनाएको छ।
विद्रोहीहरुले यही महिनाको सुरुमा प्रहरी कार्यालयमा आक्रमण गरेकोमा त्यसको जवाफी कारबाही गर्दा उनीहरु मारिएको सैन्य अधिकारीहरुले जनाएका छन्।
राखिन राज्यमा पछिल्ला केही हप्तामा नयाँ तहबाट हिंसात्मक घटनाहरु सुरु भएका छन्। राखिन बौद्धहरुको छुट्टै राज्य हुनु पर्ने माग गर्दै भइरहेको विद्रोहका क्रममा विद्रोही र सरकारी सेनाबीच भिडन्त भएका हुन्।
द्वन्द्वका कारण मुस्लिम धर्माबलम्वी रोहिङ्ग्याहरु ठूलो संख्यामा विस्थापित भएका छन्। पछिल्लो तथ्याङ्क अनुसार सात लाख २० हजार रोहिङ्ग्याहरु बङ्लादेश विस्थापित भएका हुन्। उनीहरु त्यहाँ शरणार्थीका रुपमा बसेका छन्।
उनीहरुविरुद्ध सन् २०१७ को अगस्टदेखि सेनाले कडा सुरक्षा कारबाही थालेपछि उनीहरु विस्थापित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।