सर्लाही– बाँकेमा राेकि राखेकाे रात्रीबसलाई पछाडीबाट ट्रकले ठक्कर दिँदा ३ जनाकाे मृत्यु भएकाे छ।
काठमाडाैंबाट इलाम जाने क्रममा सापट बिग्रेर ईश्वरपुर नगरपालिका-१२ स्थित जंगलखण्डमा राेकिराखेकाे ना. ४ ख ९७५४ नम्बरकाे बसलाई बिहान २ बजे ना. ५ ख ७१२९ नम्बरकाे ट्रकले पछाडिबाट ठक्कर दिएकाे हाे।
दुर्घटनामा परि इलाम सुल्बुङ-७ का २७ वर्षीय गाेविन्द साउदेन, इटहरी उपमहानगरपालिका-१६का ३० वर्षीया विनेता राई र वीरगंज उपमहानगरपालिका-१९का ३५ वर्षीय रहिम मियाँकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिए।
साउदेन र राई बसका यात्रु हुन् भने मियाँ ट्रकका यात्रु हुन्। उत्रेर बसकाे पछाडि बसेका यात्रुकाे तीव्रगतिमा आएकाे ट्रकले ठक्कर दिँदा च्याप्पियर मृत्यु भएकाे हाे।
दुर्घटनामा बसका यात्रु नुवाकाेट विदुर नपा-१३ का २७ वर्षीय दावा तामाङ, झापा अर्जुनधारा नपा-६ का ३५ वर्षीय राजेन्द्र खतिवडा र उदयपुर कटारी नपा-१ का २२ वर्षीय दीपक अधिकारी घाइते भएका छन्।
घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।