काठमाडौं– पछिल्लो समय बालबालिका हराउने क्रम बढ्दो छ। बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको छ।
पछिल्लो समय सामाजिक सञ्जाल र साथीसँगतले गर्दा बालबालिका हराउने क्रम बढेको उक्त शाखाका प्रहरी सहायक निरीक्षक संगीता अधिकारी बताउँछिन्।
हराएका ५२ मध्ये ३७ बालबलिकालाई अभिभावकको जिम्मा लगाएको तर ४ बालिका र ११ बालक अझै फेला नपरेको उनले जानकारी दिइन्।
आर्थिक वर्ष २०७४/७५ मा ८३ बालबालिका हराएका उजुरी कार्यालयमा दर्ता भएका थिए।
हराउनेमा ४० बालक र ४३ बालिका थिए। हाराएकामध्ये १९ बालक र ३६ बालिकालाई अभिभावकको जिम्मा लगाइएको थियो।
साथै बेवारिसे फेला पारिएका २३ बालबालिकालाई विभिन्न संघ संस्थाको जिम्मा लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।