जनकपुर- लागुऔषधसहित धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
धनुषाको धनौजी गाउँपालिका–४ स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको ज १ ह २७७९ नम्बरको टेम्पोमा चालकको सिट मुनि लुकाएर राखेको अवस्थामा प्रहरीले लागूऔषध ३ सय पिस नाइट्रोभ्याट ट्यावलेट फेला पारेको हो।
टेम्पो चालक मिथिला नगरपालिका–२ बस्ने १६ वर्षीय विक्रम मेस्तर, टेम्पोमा सवार सोही स्थान बस्ने १७ वर्षीय जितेन्द्र कुमार महतो र छिरेश्वरनाथ नगरपालिका–५ बस्ने १९ वर्षीय महमद नुर खाँनलाई प्रहरीले टेम्पो सहित नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।