जनकपुर- धनुषामा लागुऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पकाउ पर्नेमा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. २ मखनपुरका ६५ वर्षीय नथुनी दास र सहिद नगरपालिका– ५ का ६० वर्षीय मंगल दास रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक हिरन कुमार यादवको नेतृत्वमा गएको प्रहरी टोलीले धनुषाधामस्थित सुब्बा कुटी नजिक गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।
उनीहरूले लामो समयदेखि पुरिया बनाइ गाजाँ बेच्दै आएको बताइएको छ। दुवै जनामाथि लागुऔषध सम्बन्धी मुद्दा चलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।