काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले दुर्लभ वन्यजन्तु सालकको खपटासहित आज एक जनालाई पक्राउ गरेको छ।
परिसरको टोलीले काठमाडौंको स्वयम्भू क्षेत्रमा अवैध रुपमा दुर्लभ वन्यजन्तुको छाला तथा खपटा बिक्री वितरण हुने गरेको सूचनाका आधारमा थानकोटका ३१ वर्षीय वसन्त तामाङलाई पक्राउ गरेको हो।
परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले दुई थान सालकको खपटा झोलामा बोकेर हिँडिरहेको अवस्थामा तामाङलाई पक्राउ गरिएको बताए।
उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय, हात्तीसार पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।