उत्तर कोरियाले सबैभन्दा शक्तिशाली हाईड्रोजन बमको परीक्षण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊसँग सम्बन्ध राख्ने देशसँग व्यापार बन्द गर्ने चेतावनी दिएका छन्।
त्तर कोरियाको पछिल्लो अभियानबाट क्रोधित बनेका ट्रम्पले ट्विट गरेका छन्–‘उत्तर कोरियासँग व्यवसाय गर्ने सबै देशसँग व्यापार बन्द गर्ने विषयमा पुर्नविचार गरिरहेका छौं।’
उनले यस विषयमा सोधिएको प्रश्नमा ‘हेरौ’ भन्ने प्रतिक्रिया दिएका छन्। ट्रम्पले उत्तर कोरियामाथी बेइजिङ (चीन) ले दबाब बनाउने आशा पनि व्यक्त गरे। कोरियाले शनिवार राती स्थानीय समयअनुसार १२ बजेर २९ मिनेटमा हाइड्रोजन बमको परीक्षण गरेको थियो। सिओलका अधिकारीले यसको तीब्रता ५ दशमलव ७ रहेको बताए पनि अमेरिकी भूगर्भ सर्वेक्षणले ६ दशमलव ३ दावी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।