विराटनगर– पानीको खाल्डोमा डुबेर शुक्रबार झापामा एक बालकको मृत्यु भएको छ।
शिवसताक्षी नगरपालिका–५ का गोपाल ताजपुरियाका छोरा १८ महिने टंकप्रसाद ताजपुरीयाको मृत्यु भएको हो।
घर नजिकै रहेको ट्युबेलको पानी जम्मा गर्न खनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
खाल्डोमा डुबेर गम्भीर अवस्थामा फेला परेका बालकलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय शिवगंजले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।