बुटवल– नयाँशक्ति पार्टी प्रदेश नम्बर–५ ले संगठन सुदृढीकरणलाई विशेष महत्व दिँदै माघ महिनाभरिको कार्यक्रमा सार्वजनिक गरेको छ।
पार्टीले मध्यपहाडी लोकमार्गमा जागरण अभियान, वडा सम्मेलन, गाउँपालिका अधिवेशन, आर्थिक र आन्तरिक व्यवस्थापन गर्ने र कार्यालयहरू व्यस्थानपान गर्ने निणर्य गरेको छ।
पार्टीका प्रदेश संयोजक कलम खनालले बाँकी वडा र गाउँपालिका सम्मेलन गर्नका विभिन्न नेताहरूलाई जिम्मा दिएको बताए।
प्रदेशका केही साना दलसँग नयाँ शक्तिबीच एकता भएको थियो। कतिपय जिल्लामा नेकपा माले नेताहरू नयाँ शक्तिमा आएका छन्।
माघ महिनाको अन्तिममा प्रदेशका युवा उद्योगी, स्वतन्त्र नागरिकका बीचमा डा बाबुराम भट्टराईसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।