काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको संयोजकमा महेन्द्रराय यादवले शनिबारदेखि कार्यभार लिने भएका छन्।
शुक्रबारबाट संयोजकमा यादवले जिम्मेवारी लिने भनिए पनि उनकै अनुपस्थितिमा निर्णय हुन एकदिन पछि सरेको बताइएको छ।
राजपा नेता अनिलकुमार झाले भने, ‘उहाँ उपचारका लागि भारत जानुभएको छ। शनिबार बस्ने बैठकले संयोजकको निर्णय गर्नेछ।’
राजपामा अध्यक्ष मण्डलका नेताहरूलाई दुई महिने नेतृत्व क्रमशः दिने सहमति दुई महिनाअघि भएको थियो।
मंसिरको सहमति अनुरुप संयोजकको पालोमा यादव थिए। शुक्रबारबाट महेन्द्र राय यादव संयोजक बन्ने निश्चित भएको छ।
राजपाको गठनपछि संयोजक रहेका महन्थ ठाकुरको स्थानमा राजेन्द्र महतो मंसिरमा चयन भएका थिए।
राजपाको मंसिर ४ को बैठकले पार्टी संयोजकमा महतोलाई जिम्मेवारी दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।