काठमाडौं– नेपाली कांग्रेसको भातृ संस्था तरुण दलले विरोध प्रर्दशनका लागि स्थानीय जिल्ला कार्य समितिलाई समन्वय गरिदिन मूल पार्टीसँग आग्रह गरेको छ।
तरुण दलले मंगलबारदेखि साताव्यापी सातै प्रदेशमा सरकारको विरोधमा प्रदर्शन गर्न लागेको छ।
विराटनगरमा माघ ८ बाट सुरु हुने विरोध माघको १४ मा धनगढीबाट सकिनेछ। तरुण दलले जनकपुरमा ९ गते,हेटौंडामा १० गते, पोखरामा ११ गते विरोध प्रर्दशन गर्ने भएको छ।
त्यसैगरी बुटवल,सुर्खेत र धनगढीमा क्रमशः माघको १२,१३ र १४ विरोध प्रर्दशन राखिएको छ।
साताव्यापी प्रर्दशनमा सरकारका गलत कदमको विरोध गरिने तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले जानकारी गराए।
उनले भने ‘कम्युनिष्ट सरकारको अधिनायवादी चरित्र,भष्टचार,निर्मला पन्तको हत्याकाण्ड र अलोकतान्त्रिक क्रियाकलापका विरुद्धमा प्रर्दशन हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।