नयाँ दिल्ली– आफ्ना अनुयायीको बलात्कारको अभियोगमा २ वर्षे काराबास भोगिरहेका स्वघोषित भारतीय धर्मगुरु गुर्मित रामरहिम सिंहलाई पत्रकार हत्याको अभियोगमा आजीवन काराबासको सजाय सुनाइएको छ।
५१ वर्षीय रहिमलाई 'पुरा सच' नामक पत्रिका सम्पादक रामचन्दर छत्रपतीको हत्यामा दोषी ठहराइएको हो। रहिमसँगै उनका सहयोगीहरु कुलदीप सिंह निर्मल सिंह र क्रिसन लाललाई पनि आजीवन काराबास सुनाइएको हो।
हरियाणा राज्यको पञ्चकुना अदालतले उनीहरुलाई काराबाससहित प्रत्येकलाई ५०/५० हजार भारतीय रुपैयाँ जरिवाना पनि सुनाएको हो।
भारतलगायत विश्वमै ख्याती बढाइरहेका राहिमले आफ्ना अनुयायीमाथि याैन दुर्व्यवहार गर्ने गरेको बेनामी पत्र 'पुरा सच' पत्रिकामा सन २००२ मा छापिएपछि उनी विवादमा तानिएका थिए।
उक्त पत्र छापिएको ५ दिनपछि अक्टोबर २४ मा रहिमका अनुयायीले छत्रपतिको गोली हानी हत्या गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।