विराटनगर– उच्च अदालत विराटनगरले ३८ क्विन्टल सुन तस्करी अभियोगमा थुनामा रहेका प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई थुनामै राख्न बिहीबार आदेश दिएको छ।
उच्च अदालतमा मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलासले प्रहरी वरिष्ठ उपरीक्षक खत्री र नेपाल एयरलायन्सका कर्मचारी अमरमान डङ्गोललाई थुनामै राख्न आदेश दिएको हो।
खत्रीलाई त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा चूडामणि उप्रेती (गोरे)को समूहले दुबईबाट भित्र्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट भन्सार छली गरी भित्र्याउने कार्यमा सहयोग गरेको आरोप रहेको छ। यसैगरी डङ्गोलले भने विमानस्थलमा भित्रिएको सुन पास गराउन सहयोग गरेको प्रहरी अभियोगमा उल्लेख छ।
जिल्ला अदालत मोरङले डङ्गोललाई गत विसं २०७५ जेठ ८ गते र विसं २०७५ खत्रीलाई जेठ २९ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।