क्वालालम्पुर– मलेसियाका एक जना ट्याक्सी चालकलाई बिरालो मारेको अभियोगमा अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ।
गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन्।
जनावर अधिकारवादी तथा कानुन व्यवसायीले नियाेजित रुपमा चालक ए मोहनराजले बिरालोलाई मारेको अभियोग लगाउँदै कारबाहीको माग गरेका थिए।
क्वालालम्पुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ।
बिरालोको हत्यासम्वन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो। घटनामा दुई व्यक्ति संलग्न थिए।
एक जना महिलाले मारिएको उक्त बिरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन्।
दोषी ठहर गरिएका ४२ वर्षीय चालकले आफुले जानीजानी बिरालोको हत्या नगरेको दाबी गर्दै आएका छन्। तर, उनको आग्रह र दाबीलाई अस्वीकार गर्दै अदालतले बिहीबार दुई वर्षे जेल सजाय सुनाएको छ।
यस्तो आरोप लागेका अभियुक्तहरुलाई बढीमा ३ वर्ष जेल सजाय गर्न सकिने कानुनी व्यवस्था भएपनि न्यायधीशहरूले दुई वर्ष मात्रै तोकेका हुन्।
आदेश आउनु अगाडि अदालतमा उनले भनेका थिए, ‘मलाई पश्चाताप महसुस भएको छ, सबै मलेसियाली नागरिकसँग म यो अनुरोध गर्दछु की आगामी दिनमा मबाट यस्तो काम हुनेछैन।’ रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।