जनकपुर– निर्माण व्यवसायी संघ धनुषाका नवनिर्वाचित पदाधिकारीहरूले बिहीबार सपथ तथा पदभार ग्रहण गरेका छन्।
निर्वाचन अधिकृत बलराम सुवेदीले संघका नवनिर्वाचित पदाधिकारीलाई आज प्रमाण पत्र वित्तरण गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराए।
धनुषा निर्माण व्यवसायी संघको गत शनिबार जनकपुरधाममा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा अशोक कुमार चौधरी, उपाध्यक्षमा रामदुलार साह, महासचिवमा रमेश कुमार यादव, सचिवमा जयप्रकाश साह र कोषाध्यक्षमा रुपेश कुमार सिंह (मुन्ना) विजयी भएका छन्।
सदस्य अन्तर्गत ‘घ’ श्रेणीका सदस्यमा विजय कुमार झा,सन्तोष कुमार मुखिया र नवनित कुमार झा निर्वाचित भएका हुन्।
नवनिर्वाचित पदाधिकारीहरूलाई संघका निवर्तमान अध्यक्ष विवेकानन्द मिश्रले फूलमाला लगाएर कार्यकालको शुभकामना दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।