complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

अहिले मसँग चिया पिउने साथी पनि छैनन् : दीपकराज गिरी

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ८, २०७४  ०५:२९
1140x725

‘त्यो बेलामा अमेरिका गएको भए के हुन्थ्यो’ भन्ने प्रश्नले दीपकराज गिरी मुस्कुराउँदै एकछिन घोत्लिए । सायद उनको मस्तिष्कको स्टोरमा धुलाम्य भइसकेका जीवनको पुराना पानाहरू एकाएक पल्टिएको हुनुपर्छ। 

त्यो दिन अमेरिका जाने सबै तयारी गरेर पनि अन्तिम अवस्थामा एकाएक यूटर्न भएका थिए । 

‘त्यो बेलामा अमेरिका भासिएको भए जीवन कहाँ हुन्थ्यो?’ उनीसँग यसको जवाफ छैन।

उनले भने, ‘यसको लागि दिनेश दाइ (दिनेश डिसी) लाई धन्यवाद दिनुपर्छ । मैले दिनेश दाइको सल्लाहका कारण अमेरिका जाने योजना हापेको थिएँ।’

उनी जताततै असफल हुन थालेपछि परिवारबाट अमेरिका भासिनुपर्ने चर्को दबाब आइपरेको थियो । त्यसअघि पनि थुप्रै पारिवारिक दबाव झेलिसकेका उनीसँग अमेरिका जाने बाहेकको विकल्प थिएन। 

बरालिएर हिँडेको भन्दै उनी खाना खाने समयमा खानाभन्दा बढी बुवाको गाली खान्थे । ती दिन सम्झिँदै ठट्टा गरे, ‘त्यो बेलामा खानासँगै गाली खाएर होला, म कहिल्यै मोटाउन सकिनँ।’

कलाकारितामा लाग्दाको सुरुवाती समय उनको लागि कठिनाइले भरिएको थियो । घरको खप्की कम गर्न वैकल्पिक पेशामा लाग्न खोजे पनि उनी असफल भइरहे ।  उनी पुलिसको जागिर खान जाँदा तालिमबाटै भागे । मास्टरीको काम पनि उनीबाट पार लागेन।

‘कलाकारितामा असफल भएको झोंक म विद्यार्थी पिटेर निकाल्थेँ’, उनले भने, ‘घरमा त बदनाम थिएँ नै, गाउँभरिमै म बदनाममा नम्बर १ थिएँ । गाउँका मान्छेहरू आफ्ना छोराछोरीलाई राम्ररी पढ् नत्र दीपक जस्तो होलास् भन्थे।’

Ncell 2
Ncell 2
nimb
nimb

दीपकका बुवा गाउँका पहिलो बिए पासका साथै पहिलो सेक्सन अफिसर भएकाले इज्जत ठूलै थियो । उनले बरालिएर हिँडेको छोरालाई लाइनमा लगाउन ठूलै सोर्सफोर्स लगाएर असईमा नाम निकालिदिएका थिए । तर, छोरा तालिमबाटै भागेपछि उनको केही जोड चलेन। 

जागिरबाट भागेका दीपक र बाबुबीच चोर–पुलिसको जस्तै लुकामारी चल्यो।

दीपकले अमेरिका त्यागे, बुवाले दीपक

छोराको हावादारी तालबाट दिक्किएका बाबुले अमेरिकामा रहेका दीपकका दाजुलाई फोन लगाए । ‘लौ न बाबु, भाइ बिग्रियो । केही कागज पठाइदे । जसरी नि यसलाई अमेरिका पठाउनुपर्‍यो।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, दाजु आफ्नो भाइको बानीसँग परिचित थिए । उनले बाबुलाई भने, ‘कागज पठाउने र? मलाई त त्यसले यहाँ पनि दुःख दिन्छ । मलाई नि फसाउँला।’

अन्ततः बाबुसँग हार्न नसकेपछि उनका दाजुले कागजात पठाए । अमेरिका जाने तयारी अन्तिम चरणमा थियो । अन्तरवार्ता फेस गर्न बाँकी थियो । दीपकको मन अझै मानिरहेको थिएन । उनले दिनेश डिसीलाई सोधे, ‘दाइ म के गरुँ ?’ 

दिनेश डिसीले सुझाए, ‘कलाकार मात्रै बन्ने तिम्रो सोच हो भने अमेरिका नै जाऊ । यो जीवनमा तिम्रो केही हुनेवाला छैन । तिमी लेखक पनि भएकाले पछि निर्माण र निर्देशन पनि गर्छु भन्ने लाग्छ भने नजाऊ । तिम्रो भविष्य यहीँ छ ।’

दीपकले दोस्रो विकल्प रोजे । उनी अन्तर्वार्ता दिन गएनन् । कागजात ठिक्क पारेर छोरालाई अमेरिका उडाउन तयार भएर बसेका बाबुलाई रिसको पारो चढ्ने नै भयो । उनले दीपकलाई कठोर निर्णय सुनाए, ‘आजदेखि घरबाट एक रूपैयाँ पाउँदैनस् । स्वास्नी–छोराछोरी कसरी पाल्ने हो, आफैं कमाएर गर । आजबाट सम्बन्ध मात्र छ, अरू खत्तम!’

बुवाले त्यस्तो भनेको रात दीपक निदाउन सकेनन् । तर, असफल र हुतिहारा साबित भइसके पनि उनले जीवनमा हिम्मत भने हारेका थिएनन्।
‘मलाई भगवानमाथि के विश्वास थियो भने उनले कुनै दिन केही न केही मेरा लागि चमत्कार गरिदिनेछन् । त्यो रात अब म एक्लै हो भन्नेमा स्पष्ट भइसकेको थिएँ’, दीपक सम्झिन्छन्।

त्यसपछि बाबुसँगको उनको सम्बन्ध पातलिँदै गयो । दीपकले त्यतिबेलासम्म टेलिभिजनको हास्य कार्यक्रम ‘ट्वाक्कटुक्क’ मा खेल्न थालिसकेका थिए । त्यसैले मानिसहरू अलिअलि चिन्थे। 

अमेरिका जाने योजना हापेपछि उनी दिनरात दिनेश डिसीसँगै हिँड्न थाले । घर जानै छोडे । ठमेलमा बस्ने निश्चल नामका साथीको घर उनको अड्डा थियो । साथीकी आमा दीपक आइहाल्छन् कि भनेर उनका लागि समेत भात पकाउँथिन् । 

रामविलास जब हिट भयो

संघर्षमा जुटिरहँदा यस्तैमा उनलाई लन्डन जाने मौका मिल्यो।

‘त्यो बेलामा लन्डनको अर्कै सान थियो । जो लुक्यो, त्यसको जीवन कायापलट । एक महिनाको कमाइले नेपालमा एक रोपनी जग्गा किन्न सकिन्थ्यो । हामी १८ जना गएका थियौं तर नेपाल फर्कँदा म, धिरज राई र ममता दीपविम मात्र थियौं,’ उनले त्यतिबेलाको लन्डनको चुम्बकीय आकर्षण सम्झिए, ‘कोही साथी बजारबाट भागे। कोही साथी स्टेजबाटै हराए। कति साथी नेपाल फर्कन भनी एयरपोर्टमा जाँदै गर्दा ट्वाइलेट जाने बहाना पनि लुके । मलाई पनि नफर्की, नेपाल गएर के गर्छस् भन्ने साथीभाइ थुप्रै थिए।’

फर्कदा दीपकसँग करिब ७० हजार रुपैयाँ थियो। ‘ट्वाक्कटुक्क’ आदिबाट २०–२५ हजारसम्म पैसा हात पार्दै आएका दीपकको हातमा यति धेरै पैसा परेको पहिलोपटक थियो । उनले बाबुको कुरा सम्झिरहेका थिए। छोराछोरी पढाउनुपर्छ भनेर त्यसलाई बैंकमा राखे।

लन्डनबाट नेपाल फर्किसक्दा दीपकको अवस्था फेरिइसकेको थियो । गायिका ज्ञानु राणा रेडियो नेपालमा कार्यक्रम निर्माता थिइन् । उनलाई एक घण्टाको कार्यक्रम बनाउने जिम्मा दिइएको थियो। दीपक रेडियो नेपालमा नाटकहरू गरिरहेका हुन्थे।

दीपकले तराईको लवज नेपाली बोल्ने रामविलास पात्र भएर एक्लै कार्यक्रम चलाउन थाले । ‘म कार्यक्रममा धनियाँसँग लभ परेको उल्लेख गरिरहन्थेँ । कार्यक्रममा स्रोताले ‘धनियाँ खै?’ भनेर सोध्न थालेपछि दीपाश्रीजीलाई धनियाँ बन्न आग्रह गरेँ। अनि सुरू भयो रामविलास र धनियाँको केमिस्ट्रिवाला कार्यक्रम । श्रोतामाझ चर्चा अझै बढ्न थाल्यो,’ सफलता सम्झिए।

जीवन दर्शनः घुमिरहने ढुंगामा लेउ लाग्दैन

दीपकको रेडियो जागिरको कुनै ठेगान थिएन। उनको जागिर खोसियो। दुई पटक त कार्यक्रम बन्दै भयो । एकपटक रामविलास नाम गरेका एक नेता जसको सालीको नाम धनियाँ थियो, उनको कारणले कार्यक्रम बन्द भयो । अर्कोपटक रेडियो नेपालको वार्षिकोत्सवमा गरेको ‘२०५’ नामक प्रहसनमा सांसदहरू व्यङ्ग्य गरेपछि उनको जागिर नै खोसिन पुग्यो । कार्यक्रममा राजा वीरेन्द्र प्रमुख अतिथि थिए।

‘टेलिभिजनको कार्यक्रम बन्द भइसकेको थियो । जागिर खोसिएपछि उनलाई केही कठिन पनि भयो । कान्तिपुर एफएमको जागिरले केहि भरथेग गर्‍यो । पछि नेपाल टेलिभिजनबाट ‘तीतो सत्य’ सुरू भएपछि मैले फर्केर हेर्नुपरेन’, उनले भने ।

बाबुसँगको वचनले केहि गरिछाड्छु भन्ने अठोट बोकेका दीपक आफ्ना बाबु र हजुरबाबुबाट विशेष प्रभावित छन् । पछि हुँदा उनको बाबुको पैसा नदिने निर्णयले नै अगाडि बढ्न प्रेरित गरेको उनी बताउँछन्। बाबुसँग सम्बन्ध त्यो बेलामा पातलो भए पनि उनका लागि कालाकारिताको संघर्षको दिनमा बाबुको एउटा भनाइले सधैं ऊर्जा दिइरह्यो’, दीपक भन्छन्, ‘बुवाले ‘घुमिरहने ढुंगामा लेउ लाग्दैन’ भन्नुहुन्थ्यो। त्यसको विशेष प्रभाव ममा परेको थियो । कला क्षेत्रमै एक दिन मेरा लागि पनि आउनेछ भनेर संघर्ष गरिरहें । हरेश खाइनँ।’

‘तीतो सत्य’ सुरू नहुँदासम्म पनि उनका बुवा ‘अरू त ठीकै छ। एउटा जागिर खाए हुन्थ्यो भनिरहनुहुन्थ्यो । रेडियो नेपलामा जागिर भएपछि खुसी हुनुभयो । नत्र बेलाबेलामा फलानोको छोरा डिएसपी भो । डाक्टर भो सुनाइरहनुहुन्थ्यो,’ उनले सम्झिए।

आमाको माया हजुरबुवाबाट

बाबुबाट जीवनमा थुप्रै गाली र आलोचना खेपेका दीपकले आफ्ना हजुरबुवाबाट भने लाडप्यार नै पाए । जीवनको अन्तिम कालसम्म पनि दीपकका हजुरबुवाले चिन्ता लिइरहे । सानैमा आमा गुमाएका उनी हजुरबुबाको काखमा नै हुर्केबढेकाले हजुरबुबाको चिन्ता स्वभाविक रूपले दीपकमाथि बढि थियो। आज पनि कुनै समस्या पर्दा एकान्तमा हजुरबुबाको याद आउँछ।

‘मलाई मनमा पीर वा कुनै समस्या पर्‍यो  भने म राति गाडी चलाइरहेको बेलामा सडकमा गाडी साइड लगाएर हजुरबुबालाई सम्झन्छु । छेउको सिटमा बसेर दीपक सबै ठीक हुन्छ भनेको जस्तो अनुभव हुन्छ। त्यसैले मेरो सारा पीरलाई पर पुर्‍याइदिन्छ,’ उनले भने ।

दीपकले हजुरबुबाको आफूप्रतिको मायाको एउटा सम्झना सुनाए, ‘म पुलिसको तालिम छोडेर भागेँ । बुवामलाई खोज्दै आउनुभयो । म दिदीको घरमा लुकिरहेको थिएँ। त्यो समय नुहाँउदै थिएँ । पर देख्छु बुवा दुई जना मान्छेसँग आइरहनुभएको छ । म फेरि भाग्न थालेँ । बुवाले ‘नभाग हजुरबुवाबा बिरामी हुनुहुन्छ, त्यही भन्न आएको भन्नुभयो । म अस्पताल पुगें। मैले ‘बा’ भनेर बोलाएपछि हजुरबुबा तुरून्तै ठीक भएर घर फर्कनुभयो।’

सफलताले खोस्यो साथी र स्वतन्त्रता

‘यो सारा सफलता भोग्दा खुसी लाग्छ,’ जिन्दगीको यो यात्रामा उनले धेरैको मुखबाट सुनेका छन् भने कयौंपटक स्वयंले भनेका पनि छन् । दीपक यस्तो भन्नु एउटा झुट हो भन्छन्, ‘प्राप्तिको कुरा सबैलाई थाहा छ। यसको बारेमा के बोल्नु ? अहिले मसँग सँगै बसेर चिया खाने साथीभाई छैनन्।’

यसो भन्दै गर्दा दीपकको गला केहीबेर अवरूद्ध भयो । त्यसलाई लुकाउँदै उनले थपे, ‘सफलताको ठूलो मूल्य चुकाउनुपर्छ। अहिले आलोचकको संख्या असाध्यै बढेको छ । रिस त हामी नेपालीको स्वभाव नै भइहाल्यो। प्राप्तिले स्वछन्दता र स्वतन्त्रता खोसेको छ । मानिसलाई खास खुसी त यिनैबाट मिल्ने हो। बाँकी सब क्षणिक हो।’

आज दुनियाँको नजरबाट हेरिँदा दीपक सफल देखिन्छन् । तर, दीपकको मत फरक छ। उनी कसलाई भेट्दा कसरी हाँस्ने र कसरी बोल्ने भनेर सोच्दा व्यावसायिकता र पूरै बनावटी रुपमा प्रस्तुत हुनुपरेको ठान्छन्।

‘कतिसम्म व्यावसायिक भइएछ भने हाँस्ने काम पनि व्यावसायिक रूपमा तौलिएर हाँस्ने भइसकिएछ । स्वतन्त्रता र पुराना साथीभाइ त सफलताले कता टाढा छुटिसकेछन् । यसो हेर्छु, दिल खोलेर सँगै चिया खाने साथी नै छैनन्’, जिन्दगीको तीतो सत्य खुलेर सुनाए।

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : ओली
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ?
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्