काठमाडौं– स्याङ्जामा १६ वर्षीया किशोरी बलात्कार गर्ने ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुं शुक्लागण्डकी नगरपालिका–४ बस्ने प्रशान्त थापा, विजय श्रेष्ठ, अन्जन श्रेष्ठ र बिक्रम राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट गएको प्रहरी टोलीले पीडित किशोरीको उद्दार गरी उनीहरूलाई पक्राउ गरेको हो।
थापाले किशाेरीलाई फोन सम्पर्कमार्फत प्रलोभनमा पारि स्याङ्जाको बिरुवा गाउँपालिका –५ स्थित छेउडाँडा भन्ने स्थानमा बोलाएर ३ जना साथी बोलाइ मंगलबार राति सामूहिक बलात्कार गरेका थिए।
घटनामा संलग्न चारै जनालाई कारबाही प्रकिया सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।