काठमाडौं– शुक्रबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यतालिका राखिएको छ।
शुक्रबार १२ बजेको लागि डाकिएको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभाको नियमावलीको परिच्छेद ९ को नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राखिएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेयले जानकारी गराए।
पुस २२ मा प्रधानमन्त्रीले संसदमा संम्बोधन गरिसकेपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरुले प्रश्न राख्न नपाएपछि त्यस दिनको संसद बैठक अवरुद्ध भएको थियो।
ओलीले आसन्न स्विजरल्याण्ड भ्रमणको जानकारी पनि संसदलाई जानकारी गराउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।