विराटनगर– संखुवासभाको सिलिचोङ गाउँपालिका–३ लुम्ङदियाबाट मृगको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
स्थानीय उत्तमकुमार राईको घर खान तलासी गर्दा लुकाइ राखेको मृगको छाला बरामद भएको प्रहरी चौकी ताम्कुले जनाएको छ।
मृगको छालासहित राईलाई नियन्त्रणमा लिइ कारबाहीका लागि डिभिजन वन कार्यालय खाँदबारीमा बुझाएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।