विराटनगर– इलामको फाकफोकथुममा एक घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ।
गत माघ–१ गते राति फाकफोकथुम गाउँपालिका–५ लुम्देमा भएको आगलागीमा परि ५४ वर्षीया बिष्णुमाया राई घाइते भएकी थिइन्।
टुकी बत्तीबाट ओछ्यानमा सल्केको आगोले जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो।
उपचारकै क्रममा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।