धनगढी– कैलालीको भजनीबाट एक जना वन हेरालु घुससहित पक्राउ परेका छन्। भजनीस्थित सामुदायिक वनबाट नगद लिंदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले भजनी सामुदायिक वनका वन हेरालु हरिशचन्द्र कुमारलाई रंगेहात पक्राउ गरेको हो।
वन हेरालुले लौकाहभौकाह सामुदायिक वनबाट १० हजार नगद घुस लिंदै गर्दा पक्राउ गरिएको जनाइएको छ। कुमारलाई थप अनुसन्धानका लागि शुक्रबार काठमाडौं लगिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।