पर्वत– पर्वतमा बस दुर्घटनामा ७ जनाकाे मृत्यु भएकाे छ। दुर्घटनामा परी अन्य ३१ जना घाइते छन्।
बिहीबार बिहान बेनीबाट नारायणघाटतर्फ जाँदै गरेको ग१प ६१०८ नम्बरको बस कुश्मा नगरपालिका-१, मालढुंगामा दुर्घटनामा परेकाे थियाे। जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार हालसम्म मृतककाे सनाखत हुन सकेकाे छैन। मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।
घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकाेप्टरबाट थप उपचारका लागि काठमाडाैंको ग्राण्डी अस्पताल लगिएको छ। थप तीन जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन हेलिकाेप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए।
अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृतक तथा घाइतेको विवरण सङ्कलनको कार्य भइरहेको छ।
बस दुर्घघना हुनाकाे कारण भने हालसम्म नखुलेकाे प्रहरीले जननाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।