सप्तरी– सप्तरीको एक प्रहरी हबल्दारमाथि मोटरसाइकलमा आएका समूहले गाेली प्रहार गरी फरार भएका छन्।
इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी हबल्दार महेन्द्र प्रताप यादवलाई साँझ साढे आठ बजेको समयमा खडक नगरपालिका–८ विशनपुर चोकमा मोटरसाइकलमा आएका २ व्यक्तिको समूहले गोली प्रहार गरी फरार भएको प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए।
गोली प्रहार गरेर उनीहरू बाेदेबरसाइनतिर भागेको र मोटरसाइकलको नम्बर भने खुल्न नसकेको निरीक्षक बस्यालले जानकारी दिए।
गोली प्रहारबाट घाइते हबल्दार यादवलाई उपचारका लागि विराटनगर न्यूरो अस्पताल लगिएको छ।
घटनाको जिम्मेवारी प्रगतिशील तराई मुक्ति मोर्चाका सेनापति निशान भन्नेले लिएका छन्।
घटनास्थलमा मोर्चाको पर्चासमेत भेटिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।