काठमाडौँ – उत्तर पश्चिमी वायुको सक्रियताले राजधानी काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा चिसो बढेको छ।
मनसुन सिजन सकिएको र उत्तर पश्चिमी वायुको प्रभावले चिसो बढेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।
“उत्तर पश्चिमी वायु भारतको जम्बुकास्मिरबाट हिमाली क्षेत्र हुँदै आएको छ अर्कोतर्फ रातमा आकाश खुला भई पृथ्वीको सतह चिसिएकाले एक्कासी तापक्रम घटेको हो”– उनले भने।
चिसो बढेसँगै काठमाडौँमा एक्कासी तापक्रम घटेको छ । सोमबार १५ दशमलव ५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम घटेर आज ११ दशमलव ४ डिग्रीमा पुगेको छ। रासस
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम ११।४ र अधिकतम २६।४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जोमसोममा चार र सबैभन्दा बढी जनकपुरमा २१ डिग्री सेल्सियस रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।