• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रधानमन्त्रीज्यू, डा केसीसँगका बाचा नभुल्नुस्

64x64
किशोर दहाल बुधबार, माघ २, २०७५  १०:४८
1140x725

सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक नआउने शंका बढेको छ। शिक्षा तथा स्वास्थ्य समितिका बहुमत सांसदहरुले सरकारले गरेको सम्झौतालाई बेवास्ता गर्दै आफू अनुकूल प्रतिवेदन पास गरेका छन्। बेवास्ता गर्नका निम्ति संसद्को विशेष अधिकारको तर्क अघि सारिएको छ। तर, विशेष अधिकार जनताको पक्षमा काम गर्ने सर्तमा हो वा निश्चित व्यापारीलाई पोस्ने भन्नेमा निरन्तर बहस हुनै नै छ।

डा केसीको अनसनको अन्तर्य चिकित्सा शिक्षामा गुणस्तरीयता कायम गर्नु भएकोमा प्रायको असहमति छैन। यसअघिका १५ वटा अनसनका क्रममा उनले चिकित्सा शिक्षालाई जोडेर जति पनि माग गरेका छन्, त्यसमाथि व्यापक छलफल भइसकेको छ। र, चिकित्सा शिक्षा हुँदै अन्ततः चिकित्सा क्षेत्रको गुणस्तर वृद्धि नै उनको संघर्षको ध्येय हो भन्ने पनि लगभग पुष्टि भइसकेको छ। केही सीमित व्यक्तिले सत्ताको छहारीमा बसेर फरक तर्क गर्छ भने त्यो अस्वाभाविक होइन। जुनसुकै संघर्षमा यस्ता तर्क खोतलिन्छन् नै।

सबैलाई थाहा भएकै कुरा हो, डा केसीको १५ औं अनसनको सुरुवाती दिनमा प्रधानमन्त्री केपी शर्मा ओली उनीप्रति आक्रामक थिए। साउन ७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ४० औं पुष्पलाल स्मृतिसभामा उनले डा केसी समस्या खडा गर्न अनसन बसेको आरोप लगाएका थिए। 'केही गर्नु भए पो,' उनले भनेका थिए, 'केके गर्नुपर्छ? त्यो गर्नलाई होइन, समस्या खडा गर्न मात्रै हो। समाधान होइन। यसरी नजाऔं।'

हिजो कांग्रेसले डा केसीको पक्षमा आन्दोलन गर्दा त्यान्द्रा समातेको आरोप लगाउने प्रधानमन्त्रीलाई अहिले विधेयक पारित गराउन कांग्रेसले पूरा सहयोग गरिरहेको अवस्था देखिन्छ।

उनले डा केसीले उठाइरहेको मागलाई कुनै इस्यु नै नभएको बताएका थिए। ओलीले थपेका थिए, 'यस्ता इस्युमा नअल्झऔं। म डा केसीलाई भन्न चाहन्छु– आउनुस्, स्वास्थ्य शिक्षामा कस्तो सुधार गर्नुपर्छ, तर्कपूर्ण बहस गरौं।'

यसबीच उनले डा केसीलाई साथ दिएकोमा कांग्रेसप्रति पनि आक्रोश पोखेका थिए। जस्तो कि, असार २५ गते नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसले 'कमजोर त्यान्द्रो समातेर आन्दोलन गरिरहेको' बताएका थिए। बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्ने ओलीको भनाइ थियो।

कठोर सुनिएका प्रधानमन्त्री केही दिनपछि केही दिनपछि चुप लाग्नुपर्‍यो। उनी झुक्न बाध्य भए। प्रधानमन्त्रीकै सक्रियतामा डा केसीसँग सहमति जुट्न सम्भव भयो। प्रधानमन्त्री निकट नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङ नै अन्तिम अवस्थामा प्रधानमन्त्रीका तर्फबाट खटिए। त्यसले पनि सहमति लागू हुने धेरैमा विश्वास थियो।

यो सहमतिको राम्रो पक्ष के थियो भने प्रधानमन्त्रीले डा केसीको माग सही नै रहेछ र आफूलाई गलत सूचना पुगेको भनेर स्वीकार गरेका थिए। आखिर आफूले सही कुरा बुझेको प्रधानमन्त्रीले नै बताएपछि त्यो लागू हुनेमा आम विश्वास स्वाभाविक हो। प्रधानमन्त्री नै पनि पटकपटक त्यो बाचा गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

साउन २६ गते बालुवाटारमै भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले डा केसीले उठाएका मागहरु नागरिककै लागि भएको र फेरि अनसन बस्न नपर्ने गरी सरकारले काम गरिहेको जानकारी गराएका थिए। उनले डा केसी र आफ्नो बुझाइ एउटै रहेको बताउँदै माग ठम्याउन समय लागेको तर अब चिन्ता गर्नु नपर्ने आश्वासन दिएका थिए।

भेटपछि डा केसीले सम्झौता पूरा हुनेमा आशावादी बने। तर, छलछाम भए १६औं सत्याग्रह गर्ने चेतावनी पनि दिए।

प्रधानमन्त्री ओली बिरामी भएर त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरमा भर्ना हुँदा भेट्न पुगेका डा केसीलाई पनि उनले माग पूरा हुने बताएका थिए। अस्पतालको शय्याबाटै उनले भनेका थिए, 'तपाईंसँगको सहमति अनुसार नै काम अगाडि बढेको छ। तपाईंको माग पूरा हुन्छ। ढुक्क हुनुहोस्।'

तर, प्रधानमन्त्री ओलीले भनेझैं डा केसी ढुक्क भएर बस्ने वातावरण रहेन। सत्तापक्ष दलकै बाहुल्य रहेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिले प्रधानमन्त्री ओलीले डा केसीलाई दिएको बाचा र १५औं अनसनमा गरेको सहमतिविपरीत विधेयक प्रतिवेदन पारित गर्‍यो। त्यसको विरोधमा डा केसीले १६ ‍औं अनसन सुरु गरेका छन्।

Xtrem

Xtrem

यदि प्रधानमन्त्री नै सम्झौता अनुसारको विधेयक ल्याउन सकारात्मक छैनन् भने त्यो अर्को बहसको पाटो हो। तर, उनी आफ्नो बाचामा इमानदार छन् भने सम्झौता अनुसारकै विधेयक ल्याउन सकिने सम्भावना अझै छ।

यसबीच प्रधानमन्त्रीले भाषणमा भनेजस्तो स्वास्थ्य शिक्षामा कस्तो सुधार गर्नुपर्छ, तर्कपूर्ण बहस गर्ने प्रयत्न गरेनन्। माग पूरा हुनेबाहेक उनका तर्फबाट अन्य कुरा पनि बाहिरिएनन्। सबैलाई आशा थियो, शक्तिशाली प्रधानमन्त्रीले लोकलाजले भए पनि आफूले सहमति जनाएका विषयलाई पार लगाउनेछन्। न उनले माग पूरा गरे, न स्वास्थ्य शिक्षाका सुधारका वैकल्पिक बाटोबारे बहस गरे।

समय बित्दै जाँदा प्रधानमन्त्रीले पटकपटक गरेका बाचा पूरा नहुने अवस्था देखापरेको छ।

प्रमुख प्रतिपक्षले पूरापूर सहयोग गरेको र दुई तिहाइको समर्थनयुक्त प्रधानमन्त्रीको बाचा पनि पूरा नहुने अवस्थामा देखिएको छ। हिजो कांग्रेसले डा केसीको पक्षमा आन्दोलन गर्दा त्यान्द्रा समातेको आरोप लगाउने प्रधानमन्त्रीलाई अहिले विधेयक पारित गराउन कांग्रेसले पूरा सहयोग गरिरहेको अवस्था देखिन्छ। डा केसीको आन्दोलन लम्बिँदै जाँदा फेरि उसले प्रमुख प्रतिपक्षीको 'धर्म' अनुसार आन्दोलन गर्ला। अनि त्यतिबेला प्रधानमन्त्रीले कांग्रेसलाई दोष दिएर बस्लान् कि आफूले सहमति जनाएको विषयलाई पूरा गर्न नसक्ने अविश्वसनीय प्रधानमन्त्री भएकोमा पश्चात्ताप?

प्रधानमन्त्रीको अहिलेको बदलावले मुख्यतः दुई कुराको चित्र प्रस्तुत गर्छ।

पहिलो, प्रधानमन्त्री झुटको खेती गरिरहेका छन्। उनले डा केसीसँगको सम्झौता अनुसार नै विधेयक आउने भनेर जसरी भनिरहेका थिए, त्यतिबेला उनी झुट बोलिरहेका थिए भन्ने पछिल्लो परिस्थितिले देखाउँछ। शक्तिशाली भनिएका प्रधानमन्त्रीले गरेको बाचा पनि पूरा हुँदैन वा गर्न पहल पनि गर्दैनन् भने उनका अन्य आश्वासनमाथि पनि अविश्वासको वातावरण सिर्जना हुनेछ। अन्य क्षेत्रमा पनि उनले विश्वसनीयता गुमाउँदै गएका छन्। विशेष पहल गरेनन् भने उनको नाममा अविश्वासको अर्को बुँदा थपिनेछ।

दोस्रो, जुन सांसदहरुले हिजो उनलाई विश्वास गरेर प्रधानमन्त्रीका लागि मत दिएका थिए, के आज उनीहरुलाई प्रधानमन्त्रीले गरेको बाचाप्रति अविश्वास पैदा भएको हो? प्रधानमन्त्रीले संसदको विश्वास गुमाइसकेको अवस्था हो र? प्रधानमन्त्रीले आफूले सही देखेको र लागू गर्ने बाचा गरेको विधेयकका प्रावधान पनि पास गराउन सक्दैनन् भने उनीमाथि नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन?

अहिले भइरहेको राम्रो कुराचाहिँ के छ भने प्रधानमन्त्री यस विषयमा सार्वजनिक रुपमा बोलेका छैनन्। त्यसैले उनको पछिल्लो धारणा बाहिर आएको छैन। यसलाई कायम राख्दै संसद्को पूर्ण बैठकमै उनले भूमिका खेल्न सक्छन्।

भन्न त प्रधानमन्त्रीले सांसदहरुको विशेषाधिकारको तर्क गर्लान्। तर, उनीहरुले प्रयोग गर्ने त्यस्ता विशेषाधिकार प्रधानमन्त्रीको चाहनाभन्दा बाहिरबाट उदाउँदैन भन्ने बुझ्न कठिन छैन। अनौपचारिक छलफलका क्रममा शिक्षा तथा स्वास्थ्य समितिमा रहेका नेकपाकै कतिपय सांसदहरुले चिकित्सा शिक्षा विधेयकमा पार्टीको कुरा मानेको बताउँछन्। कतिपय प्रावधान आफूलाई चित्त नबुझे पनि मान्न बाध्य रहेको उनीहरुको तर्कले के संकेत गर्छ भने उनीहरुको भूमिका स्वयं प्रधानमन्त्री वा उनी वरिपरिका प्रभावशाली व्यक्तिको स्वार्थलाई वैधानिक दिनेमा मात्रै सीमित थियो।

यदि प्रधानमन्त्री नै सम्झौता अनुसारको विधेयक ल्याउन सकारात्मक छैनन् भने त्यो अर्को बहसको पाटो हो। तर, उनी आफ्नो बाचामा इमानदार छन् भने सम्झौता अनुसारकै विधेयक ल्याउन सकिने सम्भावना अझै छ। त्यो अपेक्षित पनि छ। अहिलेसम्म अभ्यासमा रहेको दुई वटा बाटोबाट त्यो सम्भव छ।

पहिलो, संसद्‌मा आएको समितिको प्रतिवेदनलाई पुन: समितिमै छलफलका लागि पठाउने र त्यहाँका प्रक्रिया पूरा गरेर डा केसीसँगको सहमति अनुसार प्रतिवेदन ल्याउने। प्रधानमन्त्रीले चाहे भने यो सहजै सम्भव छ। यसअघि पनि भएकै छ। तर, यो गतिलो उपाय भने होइन। कारण, एकपटक समितिले त्यसमा आफ्नो ऊर्जा खर्च गरिसकेका छन्। जितहारको प्रतिष्ठा बनाइसकेका छन्। फेरि पनि त्यहीँ पुगियो भने त्यो समितिलाई जिस्काएजस्तो हुनेछ। त्यसले ‘विशेषाधिकार’ प्रयोग गरिसकेका समिति सदस्यलाई पनि नैतिक संकटमा धकेल्छ।

दोस्रो, संसद्‍को पूर्ण बैठकमै डा केसीसँग भएको सम्झौता अनुसार नै विधेयक आउनुपर्छ भन्ने आवाजलाई मन्त्रीको स्वीकार गरेर अघि बढ्ने हो भने सुरक्षित तरिकाले निकास निस्कन सक्छ। संसद्‌मा प्रस्तुत भएको विधेयक, समितिको प्रतिवेदन र संसदमा उठेका मत अनुसार मन्त्रीले बदल्न चाहेको प्रावधान निर्णयार्थ प्रस्तुत हुन सक्छ। जुन कुराले सहजै बहुमत पाउन सक्छ। कारण, सरकारसँग त बहुमत सुरक्षित छ। यसरी विधेयक, समितिको संशोधन र मन्त्रीले गर्न चाहेको संशोधन एकसाथ पास हुन सक्छ। संसदीय विशेषाधिकार पनि समितिबाट पूर्ण संसदमा फैलिन्छ। 

तर, खाँचो हुनेछ त प्रधानमन्त्रीको इमानदार प्रयासको।

अहिले भइरहेको राम्रो कुराचाहिँ के छ भने प्रधानमन्त्री यस विषयमा सार्वजनिक रुपमा बोलेका छैनन्। त्यसैले उनको पछिल्लो धारणा बाहिर आएको छैन। यसलाई कायम राख्दै संसद्को पूर्ण बैठकमै उनले भूमिका खेल्न सक्छन्। सरकार डा केसीसँग भएको सम्झौतामा इमानदार नै छ भन्ने सन्देश दिन सक्छन्। अहिलेको प्रतीक्षा पनि त्यही हो।

प्रधानमन्त्रीका रुपमा विशेष भूमिका नखेल्ने हो भने गत साउनमा जस्तै अन्तिममा 'यू टर्न' हुनुपर्ने अवस्था आउन सक्छ। त्यतिबेला प्रधानमन्त्रीको प्रशंसा हुनेछैन बरु डा केसीकै जित ठहरिनेछ।

आफ्नै सम्झौतालाई कुल्चेर, व्यापारीको चलखेलका छिद्रहरु राखेर आउन लागेको विधेयकका बारेमा प्रधानमन्त्रीलाई केही बोल्नुछैन र सच्याउनु पनि छैन भने उनले वकालत गर्ने राजनीतिक दर्शनमाथिको प्रतिबद्धता र उनका सपनाहरुमाथि सन्देह गहिरिँदै जानेछ। सीमित नाफाखोर व्यापारीले काँधमा बोकेर आफूलाई समाजवादको स्वर्गमा पुर्‍याइदिनेछन् भन्ने विश्वास प्रधानमन्त्रीलाई छ भने दु:खान्त पर्खिनुबाहेक के विकल्प छ र!

यो समय प्रभावकारी काम गर्न नसकेको कारण प्रधानमन्त्री ओलीको आलोचना बढिरहेको समय हो। तर यथार्थ कस्तो छ भने प्रधानमन्त्रीका रुपमा ओलीले केही उडन्ते सपनामा जेलिएर आफ्नो उपस्थिति पुष्टि गर्न खोजेका छन्। अरु क्षेत्रमा सफलता हासिल गर्न नसके पनि पानीजहाज र रेल ल्याएपछि सबै कमजोरी छोपिन्छन् भन्ने सोच उनमा देखिन्छ। जुन घातक छ। तमाम आलोचनाबीच प्रधानमन्त्रीले डा केसीसँग भएको सम्झौता अनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याएर आफ्नो प्रतिष्ठा जोगाउन सक्छन्। सरकारको एकवर्षे समीक्षा हुने दिन नजिकिँदै गएको समयमा यसको सकारात्मक प्रभाव पक्कै गुणात्मक हुने थियो।

प्रधानमन्त्रीका रुपमा विशेष भूमिका नखेल्ने हो भने गत साउनमा जस्तै अन्तिममा 'यू टर्न' हुनुपर्ने अवस्था आउन सक्छ। त्यतिबेला प्रधानमन्त्रीको प्रशंसा हुनेछैन बरु डा केसीकै जित ठहरिनेछ। यसअघिका १५ वटा अनसन यसका उदाहरण हुन्।

आशा गरौं, प्रधानमन्त्रीले मुखमै आइसकेको जित नरोजेर हारको लागि दौडिनु हुनेछैन।

प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्