बैंकक (एजेन्सी)– थाइल्यान्डको स्थानीय फुटबल खेलमा विश्व फुटबललाई नै रोमाञ्चित पार्ने घटना भएको छ । गत शनिबार युथ–१८ कपअन्तर्गत राजधानी बैककमा बैकक स्पोर्ट्स क्लब र सात्री आङथोङ क्लबबीच भिडन्त भएको थियो । जसको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट निस्कियो।
रोचक कुरा, पेनाल्टी सुटआउटमा बैंकक २०–१९ गोलले विजयी भयो । अझ रमाइलो घटना त्यतिबेला भयो । जब तेस्रो पेनाल्टी हान्न आएका बैंककका एक खेलाडीको प्रहार विपक्षी गोलपोस्टको बिममा लागेर फर्कियो।
यो देखेर खुसी हुँदै नाचेका सात्री क्लबका गोलकिपर त्यतिबेला स्तब्ध भए, जब बल भुइँमा ठोकिएर पुनः दिशा परिवर्तन गर्दै गोलमा परिणत भयो । उनी नाच्ने क्रममा गोल पोस्टबाट धेरै बाहिर निस्किएका थिए।
पहिले पेनाल्टी हान्ने बैंककका खेलाडी पोलमा बल लागेपछि निराश बनेका थिए । तर, पछि उनी खुसी भए । सात्रीका गोलरक्षक भने यो घटनापछि निराश बन्न पुगे।
यो भिडियो फेसबुकमा मात्र २० लाखभन्दा बढीले हेरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।